बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
अर्थतन्त्र सेयर बजार

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ असोज, २०८२ मा प्रकाशित
शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित
काठमाडौं, असोज ५ :

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ ।

गरेनेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २:४५ बजे देखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । उनका अनुसार यो व्यवस्था स्थगन गर्नका लागि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको हो ।

गरेसूचना अधिकारी पराजुलीका अनुसार परिवर्तित व्यवस्थाको आज प्राविधिक परीक्षण हुनेछ । भोलि सार्वजनिक बिदा परेका कारण मङ्गलबारदेखि यो व्यवस्था लागू गरिने उनले जानकारी दिए।

गरेगत फागुनमा धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौँथो संशोधन), २०८१ संशोधन गरी उक्त विनियमावलीको विनियम ११ उपविनियम (७) मा  २:४५ बजे देखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने र सो अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था राखिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार