काठमाडौं, असोज ५ :

पत्रकार जगदीश खरेल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सूचना तथा सञ्चार प्रविधि मन्त्री बन्ने निश्चितजस्तै भएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचन प्रयोजनका लागि सरकार विस्तार गर्ने क्रममा खरेललाई मन्त्री बनाउने तयारी भएको स्रोतले जनाएको छ।

हाल इमेज टेलिभिजनका प्रधान सम्पादक रहेका खरेलले आफूले मन्त्री बन्ने प्रस्ताव पाएको स्वीकार गरेका छन्। उनले भने, ‘सैद्धान्तिक रूपमा सहयोग गर्न तयार छु, औपचारिक निर्णयबारे अझै जानकारी आएको छैन।’

प्रधानमन्त्रीनिकट उच्च स्रोतबाट प्रस्ताव आएको उनले पुष्टि गरेका छन्। कार्कीले अन्य केही प्रतिष्ठित पत्रकारहरूलाई पनि आग्रह गरेकी थिइन्, तर उनीहरूले अस्वीकार गरेको जनाइएको छ।