जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई कलवार महिला मञ्चले आर्थिक सहयोग गरेको छ ।
गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको अहिले पनि विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । उनीहरुको उपचारमा आर्थिक सहजता मिलोस् भन्ने हेतुले मञ्चले सहयोग गरेको हो ।
तराईबासी महिलाहरुको संस्था कलवार महिला मञ्चले राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग गरेका हुन् ।सामान्य अवस्थाका बाहेक गम्भीर घाइतेको अहिले पनि उपचार भइरहेको छ । उक्त आन्दोलनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ भने सयौंको संख्यमा घाइते भएका छन् ।