सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार राजनीति

स्थानीय तह उपनिर्वाचन कार्यतालिका स्वीकृत, असोज १० देखि दल दर्ता

· बुधबार, ३ असोज, २०८१ मा प्रकाशित
स्थानीय तह उपनिर्वाचन कार्यतालिका स्वीकृत, असोज १० देखि दल दर्ता
काठमाण्डौँ , असोज ३ :

निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । 

उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयले सम्पादन गर्ने कार्यलाई समयबद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

कार्यतालिका अनुसार यही असोज ९ गते निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको सूचना प्रकाशित गरी असोज १० देखि १६ सम्म दल दर्ता र २० गते दल दर्ता स्वीकृत हुनेछ । 

यस्तै निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ । 

आगामी कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, आगामी मङ्सिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन र मङ्सिर १६ गते मतदान हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार