शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार कला/साहित्य

भैरव अर्यालको योगदानको स्मरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ असोज, २०८२ मा प्रकाशित
भैरव अर्यालको योगदानको स्मरण
काठमाडौं, असोज १२ :

नेपाली साहित्य तथा पत्रकारितामा भैरव अर्यालले गरेको योगदानको स्मरण गरिएको छ । उनको  स्मृतिमा प्रकाशित कल्पतरु द्वैमासिकको ११५ औँ अङ्क शनिबार लोकार्पणसँगै उनले नेपाली हास्यव्यङ्ग्यको श्रीवृद्धिमा गरिएको योगदानको स्मरण गरिएको हो ।

सामाजिक तथा राजनीतिक विसङ्गति र विकृतिविरुद्ध अर्यालले तीक्ष्ण लेखनका माध्यमबाट देशको साहित्य भण्डारलाई समृद्ध बनाउनुभएको तथा उनका कविता पनि उत्तिकै सशक्त रहेका कार्यक्रमका वक्ताहरूले बताए । 

साहित्यकार गोविन्दप्रसाद घिमिरे , कल्पतरुका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ बद्रीअर्र्याल, वसन्त रिजाल, विमलअर्याल, निर्मल अर्याल, राजन पुडासैनीले भैरव अर्यालको योगदानको समीक्षा गरेका थिए ।

विसं १९९३ असोज ५ गते जन्मिएका अर्यालको २०३३ साल असोज १९ निधन भएको हो । उनका ‘जय भुँडी,’ ‘दशअवतर,’ ‘गलबन्दी,’ ‘उपवन,’ ‘इतिश्री,’ ‘काउकुती’लगायत कृतिले नेपाली हास्यव्यङ्ग्यको भण्डारलाई समृद्ध बनाएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार