असोज ५ :

नेपालमा एसियाका विभिन्न १६ ओटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरुको भेला आजबाट सुरु हुदैछ ।

राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरुको सम्मेलन एसिक कन्फरेन्समा ती देशका सरकारी निकायहरु सहभागी हुने भएका हुन् । 
नेपालले ३६औँ एसिक सम्मेलन ३० वर्ष पछि गर्न लागेको हो ।

आज निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औं बार्सिकोत्सव एवम् एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विस्णुप्रसाद पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलन आगामी सोमबारसम्म सञ्चालन हुनेछ ।

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायहरुको आआफ्नो देशको अनुभवसहित यश क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुने बताईएको छ ।

यसपटक सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको छ ।

सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ लगायत मुलुकका सुरक्ष्ण सस्थाहरुको सहभागिता रहनेछ ।

सम्मेलनका छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।