शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय #डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय
राजनीति

‘तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग सक्षम छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ असोज, २०८२ मा प्रकाशित
‘तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग सक्षम छ’
काठमाडौं, असोज २४ :

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन आफूहरु क्रियाशील रहेको बताएका छन् ।

शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेका जेनजी अभियन्ताहरुसँगको भेटमा उनले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन आयोग चौबीसै घण्टा क्रियाशील रहेको बताएका हुन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउनका लागि आयोगले राजनीतिक दलहरु, नागरिक अगुवा, बुद्धिजीवी, पत्रकार लगायतका सरोकारवाला पक्षसँग विभिन्न माध्यामबाट छलफल गरिरहेको दाबी समेत गरे । 

उनले सुरुमा निर्वाचन व्यवस्थापनको काम आयोगले गरेको उल्लेख गर्दै हाल मतदाता नामावली संकलनको कामलाई आयोगले तिब्रताका साथ अघि बढाएको पनि जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गराउनका लागि आफूहरुले मतदाता शिक्षा कार्यक्रमलाई पनि सचेतनापूर्वक अघि बढाएको प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाई थियो । 

उनले भने, ‘निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने सन्दर्भमा हाम्रो आयोग चौबीसै घण्टा क्रियाशील छ । काम गरिराखेको छ । यहाँहरुले विभिन्न सञ्चार माध्यामहरुबाट पनि देखिरहनुभएको होला । निर्वाचन तोकिएको समयमा कुनैपनि हालतमा सम्पन्न गर्नुपर्छ । त्यो प्रयोजनका लागि राजनीतिक दल, सरोकारवाला, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, बुद्धिजीविहरु, पत्रकारहरु, अझ विशेष गरेर राजनीतिक दल, सञ्चारकर्मी साथीहरुको विशेष भूमिका रहन्छ । र उहाँहरुसँग हामीले विविध तरिकाले छलफल गरिराखेका छौ । पहिला त हामीले निर्वाचनको व्यवस्थापनको पक्षलाई थोरै समय लियौं । र, निर्वाचन व्यवस्थापनको पक्षलाई जव हामीले सम्बोधन गरिसक्याँै । अनि हामीले निर्वाचनको कार्यतालिका बनाएर त्यस अनुसार हामी धमाधम काम गरि राखेका छौं । जस्तो कतिपय बाधा अड्चनहरु थिए । ती अध्यादेशमार्फत फुकाएर भएपनि हामीले मतदाताहरुको मतदाता नामावली संकलन गर्ने लगायतका विषयवस्तुहरु समावेश गरिसकेका छौं । त्यो कार्य सुचारु रुपमा अघि बढेका छन् । दैनिक रुपमा ठूलो मात्रामा छुट्नुभएका मतदाताहरु अहिले मतदाता नामावलीमा समावेश गर्न आइरहनुभएको छ । यसरी हामीले मतदाता शिक्षाको सन्दर्भमा सचेतनापूर्ण ढंगबाट शुरुदेखि नै कार्यक्रम सञ्चालन गरिराखेका छौं ।’

कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले अध्यादेशमार्फत बाधा अड्काउ फुकाउने काम गरेपछि निर्वाचनको तयारीको कामले तिव्रता पाएको पनि स्पष्ट पारे । उनले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पनि आयोग सचेत रहेको पनि बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार