
गाँजाबाट बन्धकहरूको मुक्तिका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गरेका छन्। उनले गाँजामा अब युद्ध समाप्त भएको प्रतिक्रिया पनि दिएका छन् ।
हमासले युद्धविराम सम्झौताअनुसार सबै इजरायली बन्धकहरू फिर्ता गर्ने अपेक्षा गरिएको छ।
प्यालेष्टेनी समूहले स्थानीय समय अनुसार दिउँसो १२ बजे भित्र ४८ जना बन्धक फिर्ता गर्नुपर्नेछ । जसमा २० जना जीवित रहेको विश्वास गरिएको छ।
यसको सट्टामा इजरायलले २ सय ५० जना प्यालेष्टेनी बन्दी र १ हजार ७ सय भन्दा बढी कैदीहरूलाई रिहा गर्नेछ।
ट्रम्प इजरायल पुगेर बेन्जामिन नेतन्याहूसँग भेट्ने र देशको संसदलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
त्यसपछि उनी मध्यपूर्वमा शान्तिका लागि आयोजित एक शिखर सम्मेलनको आयोजना गर्न इजिप्ट प्रस्थान गर्नेछन् जसमा बेलायती प्रधानमन्त्री कियर स्टार्मरसहित विश्व नेताहरू सहभागी हुनेछन्।