मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#खाना पकाउने एलपी ग्यास#विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति #खाना पकाउने एलपी ग्यास#विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति
राजनीति स्वास्थ्य भिडियो

स्वास्थ्यमन्त्री गौतमले भनिन्- जेन–जी आन्दोलनका सहिद र घाइतेको बलिदान खेर जान दिनु हुँदैन

‘सुशासन र उत्तरदायित्वका मुद्दा बिर्सनु हुँदैन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १० कात्तिक, २०८२ मा प्रकाशित
स्वास्थ्यमन्त्री गौतमले भनिन्- जेन–जी आन्दोलनका सहिद र घाइतेको बलिदान खेर जान दिनु हुँदैन
काठमाडौं, कात्तिक १० :

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेन–जी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान नदिन सबैले सचेत रहनुपर्ने बताएकी छन्।

सोमबार बिहान सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचाररत जेन–जी आन्दोलनका घाइतेहरूसँग भेट गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गौतमले आन्दोलनले उठाएका सुशासन र परिवर्तनका मुद्दा निरन्तरता पाउनुपर्ने धारणा राखेकी हुन्।

मन्त्री गौतमका अनुसार केएमसी अस्पतालले आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको छ। तीमध्ये २ जना अहिले पनि अस्पतालमा उपचाररत छन्।

उपचाररतमध्ये एक महिलामाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको र अर्का एक जनालाई गोली लागेको उनले बताइन्। दुवैको अवस्था सुधारोन्मुख रहेको पनि उनले जानकारी दिइन्।

‘केएमसीले ८३ जना जेन–जी आन्दोलनका घाइतेहरूको उपचार गरिसकेको रहेछ,’ मन्त्री गौतमले भनिन्, ‘अहिले मैले दुई जना बिरामी हेरेँ, अरू सबै निको भएर फर्किएका रहेछन्। एक महिलामाथि पेट्रोल बम प्रहार भएको रहेछ, त्यो देख्दा साह्रै दुःख लाग्यो। अर्को एक व्यक्तिलाई गोली लागेको रहेछ, उहाँको अवस्था पनि सुधारोन्मुख रहेछ। उपचारमा अस्पतालले निकै राम्रो काम गरेको रहेछ।’ उनले सुशासन र उत्तरदायित्वका मुद्दा हामी कसैले पनि बिर्सनु नहुँने बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार