
काठमाडौं, कात्तिक १० :
काठमाडौँ महानगरपालिका-३२ सुविधानगरको सम्पदा ब्वाइज होस्टलमा प्रहरीले खानतलासी गर्दै जेनजी आन्दोलनमा लुटेका प्रहरी केही सामग्री फेला परेको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा लुटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षा सामग्री होस्टलमा फेला परेको हो।
होस्टलबाट हत्कडी, लौरो र सशस्त्र प्रहरीको बडी प्रोटेक्टर बरामद गरेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। प्रहरीले होस्टलका सञ्चालक गोबिन्दकुमार ठाकुरलाई पक्राउ गरेको छ।
आन्दोलनका क्रममा लुटिएका सुरक्षाकर्मीका केही हतियार र पोशाकहरु अझै फेला पर्न सकेको छैन । राजनीतिक दलहरुले सोही हतियारलाई देखाएर निर्वाचन सुरक्षाप्रति चिन्ता व्यक्क गर्दै आएका छन् ।