काठमाडौं, कात्तिक ११ :

जेन–जी युनाइटेडका युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । बिभिन्न समूहमा रहेका जेन–जी युवाहरुलाई एकै ठाँउ ल्याउने वातावरण बनाउन माग गर्दै उनीहरुले मंगलबार प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।

जेन–जी युवा बिभिन्न समूहमा रहदा एकता बलियो हुन नसकेकाले सवैलाई एकताबद्ध गर्ने गरि पहलकदमी लिन आफूहरुले प्रधानमन्त्री समक्ष आग्रह गरेको जेन–जी युनाइटेडका सदस्य सदिक्षा राइले जानकारी दिइन् । समान एजेन्डा बोकेका युवाहरु एकै ठाँउ आउनुपर्ने उनले बताइन् ।

उनले प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको उल्लेख गरिन्। जेन–जी युवाहरु एकतावद्ध हुनुपर्ने भन्दै पछिल्लो समय जेन–जी युनाइटेडका युवाहरुले बिभिन्न कार्यक्रम समेत गर्दै आएका छन् ।