काठमाडौं, कात्तिक १६ :

 केन्द्रीय कारागार, सुन्धाराबाट भागेका एक बन्दीको साथमा प्रहरीको ‘ग्यास गन’ फेला परेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा फरार बन्दी राजा तामाङ भनिने वाङ्सु लामाको साथमा सो हतियार भेटिएको हो।

सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार लामाको साथबाट ग्यास गनसहित चार थान गोली (कार्टेज) बरामद गरिएको छ।

२२ वर्षीय वाङ्सु लामा ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए। कारागारबाट भागेपछि उनलाई समात्ने क्रममा प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।