शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा #धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा
खेलकुद फुटबल

एन्फा कम्प्लेक्समा खेलाडी र समर्थकको प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २० कात्तिक, २०८२ मा प्रकाशित
एन्फा कम्प्लेक्समा खेलाडी र समर्थकको प्रदर्शन
काठमाडौं, कात्तिक २० :

नेपाली फुटबलको वर्तमान अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै नेपाल फुटबल खेलाडी संघ आवद्ध खेलाडी र समर्थकले अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका छन् ।

बिभिन्न बहानामा ‘ए’ डिभिजन लिगलाई रोक्ने काम भएको र यसले नेपाली फुटबललाई नै असर गरेको भन्दै उनीहरुले बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका हुन् । 

उनीहरुले छिटो भन्दा छिटो ए डिभिजन लिगलाई अघि बढाउन माग गरेका छन् । एन्फाको वर्तमान नेतृत्वका कारण खेलाडीहरूको भविष्य र नेपाली फुटबलको समग्र विकासमा नकारात्मक असर पारेको उनीहरुले नेतृत्व परिवर्तनको माग गरेको छन् ।

धर्नामा सहभागी फुटबल खेलाडी अञ्जन बिष्टले नेपालमा फुटबलको भविष्य राम्रो नहुदा खेलाडीहरु देश छाड्न बाध्य भएकाले यस्तो अवस्था आउन नदिन सवै गम्भीर हुनुपर्ने बताए ।

त्यस्तै फुटबल खेलाडी रोहित चन्दले फुटबल गतिविधि चलायमान हुनुपर्ने र नयाँ खेलाडीलाई स्वदेशमा नै अवसर दिनुपर्ने बताए ।

त्यस्तै फुटबल खेलाडी विराज महर्जनले फुटवल गतिविधिलाई निरन्तरता दिनका लागि प्रदर्शनमा उत्रनुपर्ने अवस्था आउनु दु:खद भएकाले एन्फाले ध्यान दिनुपर्ने धारणा राखे।

धर्नामा सहभागीहरुले मैदान भित्र र बाहिर फेयर प्ले, फुटबलमा क्यालेन्डर होइन, मैदान चाहियो, एन्फा जाग लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । ‘ए’ डिभिजन लिग आगामी वर्षको पुसमा गर्ने निर्णय गरेपछि खेलाडी र समर्थकहरुले विरोध गरेका हुन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार