
काठमाण्डौं, असोज ७ :
सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।
गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिए लगत्तै आज उनलाई पक्राउ गरिएको हो ।
उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।
सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशी सहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।