शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश सूचना-प्रविधि भिडियो

सञ्चार मन्त्रालयमा राष्ट्रिय ‘एआई’ केन्द्र स्थापना

सुशासन, भ्रष्टचारमुक्त देश, रोजगारी लगायतका बिषयलाई एआइले समेट्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २४ कात्तिक, २०८२ मा प्रकाशित
सञ्चार मन्त्रालयमा राष्ट्रिय ‘एआई’ केन्द्र स्थापना
काठमाडौं, कात्तिक २४ :

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय एआई केन्द्रको उद्घाटन गरे । सो क्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालको लागि एआई क्षेत्रका लागि ठूलो फड्को हुने बताए ।

एआई  काउन्सिल गठन भएको र एआई नीति आइसकेको अवस्थामा अब नेपाल डिजिटल युगको बाटोमा अघि बढेको धारणा राखे। मन्त्री खरेलले जनेजी आन्दोलनका क्रममा उठेका सुशासन, भ्रष्टचारमुक्त देश, रोजगारी लगाएतका बिषयलाई एआइले समेट्ने बताए । उनले सरकारको सारथी र जनताको उदेश्य प्राप्तका लागि एआईलाई प्रयोग गरिने जिकिर गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार