शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

मधेसमा भएको घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान : नारायणकाजी श्रेष्ठ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २५ कात्तिक, २०८२ मा प्रकाशित
मधेसमा भएको घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान : नारायणकाजी श्रेष्ठ
काठमाडौं, कात्तिक २५ :

नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले मधेस प्रदेशमा सोमबार भएको राजनीतिक घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अपमान बताएका छन्।

श्रेष्ठले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई बर्दिबासस्थित पानस होटलमै मुख्यमन्त्रीको रूपमा शपथ गराएको घटनाप्रति तीव्र असन्तोष व्यक्त गरेका हुन्।

उनका अनुसार, होटलमै मुख्यमन्त्रीको शपथ गरिनु राजनीतिक नैतिकतामाथिको ठूलो प्रहार हो। श्रेष्ठले भने, ‘यसले स्पष्ट गर्छ कि राजनीतिक पार्टी र नेताहरू यत्रो जेन-जी विद्रोहपछि पनि चेतेका छैनन्।’

श्रेष्ठले जेन-जी विद्रोहले देशको राजनीतिक दल र नेताहरूको शुद्धिकरण र रूपान्तरणलाई प्रमुख मुद्दा बनाएको स्मरण गराउँदै अहिले देखिएको प्रवृत्ति त्यही चेतनाको प्रतिकूल रहेको टिप्पणी गरे।

उनका अनुसार, प्रमुख राजनीतिक दल र नेताहरूले जेन-जी विद्रोहको सन्देशलाई बेवास्ता गर्दै अघि बढ्ने प्रयास देशको राजनीतिक भविष्यका लागि अत्यन्तै घातक बन्नेछ।

श्रेष्ठले सबै जेन-जी आन्दोलनकारीहरू र त्यस विद्रोहको सकारात्मक पक्षलाई समर्थन गर्ने जनतालाई राजनीतिक दलहरूको शुद्धिकरण र रूपान्तरणको मुद्दा फेरि एकपटक सार्थक र परिणाममुखी बनाउन आह्वान गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार