आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

ओलीप्रति रावलको कटाक्ष : आफ्नै पार्टीका नेताहरुलाई निकाल्न खोज्न व्यक्तिले घर फर्कन आह्वान गर्न सुहाएन

ओलीकै कारण कम्युनिस्ट पार्टी पटक–पटक विभाजन भयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
ओलीप्रति रावलको कटाक्ष : आफ्नै पार्टीका नेताहरुलाई निकाल्न खोज्न व्यक्तिले घर फर्कन आह्वान गर्न सुहाएन
काठमाडौं, कात्तिक २६ :

नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले केपी ओलीले कम्युनिस्ट पार्टीलाई अघि बढाउन नसक्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा रावलले ओलीकै कारण कम्युनिस्ट पार्टी पटक–पटक विभाजन भएको भन्दै अब ओलीले कम्युनिस्ट पार्टीलाई अघि बढाउन नसक्ने बताए । रावलले एमालेमा रहेका नेताहरुलाई नेपाली कम्युनिस्ट पार्टीमा आउन आह्वान समेत गरे। रावलले एक जनाको अहङ्कार, सत्ता स्वार्थ, विरोधीको साथमा सत्ता लिप्लामा लागेर नेकपा ध्वस्त भएको बताए ।

उनले पार्टीको महाधिवेशनमा आफू मात्रै बोल्ने र समाप्त गर्ने ओलीको अभिव्यक्ति लोकतन्त्र विरोधी रहेको आरोप लगाए। रावलले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतलाई ओलीले पार्टीबाट निकाल्न खोजको दावी गरे ।

आफ्नै पार्टीका नेताहरुलाई निकाल्न खोज्न व्यक्तिले घर फर्क भन्दै आह्वान गर्नु फटाहा कुरा भएको उनले बताए । रावलले कम्युनिस्ट पार्टीका नाममा कार्यकता, नेता र देशलाई दिगभ्रमित गर्नेबाट जोगाउन बलियो कम्युनिस्ट पार्टी आवश्यक रहेको उल्लेख गरे । नेपाली कम्युनिस्ट पार्टीलाई पहिलो पार्टी बनाउदै देशको विकास र समृद्धिमा ध्यान केन्द्रीत गर्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार