बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन #राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन
समाचार खेलकुद क्रिकेट

एनपिएलले नेपाली खेलाडीको स्तरवृद्धिमा योगदान पुग्छ: बलर प्रतिस जिसी

· शनिबार, ६ मंसिर, २०८२ मा प्रकाशित
एनपिएलले नेपाली खेलाडीको स्तरवृद्धिमा योगदान पुग्छ: बलर प्रतिस जिसी
काठमाडौं, मंसिर ६ :

विराटनगर किंग्सका बलर प्रतिस जिसीले नेपाल प्रिमियर लिग एनपिएल नेपाली खेलाडीको स्तरवृद्धिका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।

आज सम्पन्न काठमाडौँ गोर्खाजविरुद्धको खेलमा विजयी भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा जिसीले एनपिएल आफ्नो क्षमता प्रदर्शन गर्ने राम्रो ‘प्लेटफर्म’ रहेको बताए । उनले भने,“एनपिएलबाट नेपाली खेलाडीको स्तरवृद्धि हुन्छ । यो विदेशी खेलाडीबाट सिक्ने मौका पनि हो । यहाँ राम्रो प्रदर्शन गर्यो भने भोलि माथिल्लोस्तरको क्रिकेट पनि खेल्ने ढोका खुल्नेछन् ।”

यस्तै, काठमाडौँ गोर्खाजका अलराउन्डर आदिल आलमले पनि एनपिएलले खेलाडीको सीप वृद्धिमा सहयोग पुग्ने बताए । उनले एनपिएलले नेपाली खेलाडीलाई सबै हिसाबले सहयोग पुर्याएको बताए ।

विराटनगरले आज काठमाडौँलाई पाँच विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार