बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार प्रदेश बागमती प्रदेश

नारायणीको बाढीले 'राइनो क्रुजसिप' पूर्णरुपमा क्षतिग्रस्त भएको सञ्चालकको दाबी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
नारायणीको बाढीले 'राइनो क्रुजसिप' पूर्णरुपमा क्षतिग्रस्त भएको सञ्चालकको दाबी
चितवन, असोज १५ :

नारायणी नदीको बाढीले पुलमा ठोक्किएको राइनो क्रुजसिप पूर्णरुपमा क्षतिग्रस्त भएको सञ्चालक दाबी गरेको छ । पुलमा ठोक्किएको चार दिनपछि राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष दीपक ढुंगेलले बिहीबार आधिकारिक सूचना निकालेको बाढीले क्रुजमा क्षति भएको जनाएका हुन् ।

असोज ११ मा नारायणी नदीमा आएको असाधारण बाढीले बाँधेको ठाउँबाट छुट्टिएपछि क्रुज पुलको खम्बामा ठोक्किएर गम्भीर रूपमा क्षतिग्रस्त भएको कम्पनीको दाबी छ । नदीको सम्भावित जलस्तर तथा विगतका तथ्यलाई आधार बनाएर आवश्यक सुरक्षा प्रबन्ध गरेको कम्पनीले प्रस्ट्याएको छ ।

बाढीले संरचना क्षतिग्रस्त बनाए पनि नयाँ सम्भावना सिर्जना गर्ने सोच र साहस समाप्त नभएको अध्यक्ष ढुंगेलले बताए । आगामी दिनमा अझ सुरक्षित र व्यवस्थित रूपमा अघि बढ्ने उनको प्रतिबद्धता छ । सामाजिक सञ्जालमा क्रुजको सुरक्षा र बाँध्ने व्यवस्थाबारे उठेका प्रश्नको जवाफ दिँदै स्थलगत बस्तुस्थिति बुझ्न कम्पनीले आग्रह गरेको छ ।  पुलमा अड्किएको क्रुजसिपलाई तीनवटा क्रेनको सहायतामा तानेर नदी किनारामा राखिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार