भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धप्रतिको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस भएको बताएका छन् ।
दुईपक्षीय वार्ता पनि सोमबार नयाँ दिल्लीस्थति हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस वर्ष नेपालका जनताले दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताको आकांक्षा र अपेक्षालाई प्रतिबिम्बित गरेको भन्दै नेपालको भविष्य र भारत–नेपाल सम्बन्धप्रतिको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरिएको बताएका हुन्।
उनले भोटेकोशी बाढी प्रभावित परिवारको जीवन पुनः सामान्य बनाउने, नयाँ अवसर सिर्जना गर्ने र भविष्यका विपद् सामना गर्न नेपालको क्षमता अझ बलियो बनाउने साझा संकल्प गरिएको उल्लेख गरे । उनले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासलाई नयाँ मजबुती दिन २ खर्ब ४० अर्ब नेपाली रुपैयाँको ’डेभलपमेन्ट कोअपरेसन प्याकेज’ घोषणा गरे ।
साथै उत्तराखण्ड र नेपालबीच धार्चुला रोड ब्रिजको उद्घाटन तथा बनबसामा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास गरिएको भन्दै दोधारा–चाँदनी इन्टिग्रेटेड चेकपोस्टको कामलाई पनि तीव्र रूपमा अघि बढाइने उल्लेख गरे । बिहार, उत्तर प्रदेश तथा भारतका अन्य राज्य र नेपालबीच सडक, रेल र सीमा कनेक्टिभिटीका परियोजनालाई गति दिइने तथा नेपालको पारवहन व्यापार सहज बनाउन काण्डला र पारादीप बन्दरगाहको पहुँच उपलब्ध गराइने उनले बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कोप-३१ निष्कर्षविहीन : नेपालको पर्वतीय मुद्दासम्बन्धी प्रस्ताव पनि पारित हुन सकेन
वैवाहिक बलात्कारमा कम सजायले पीडितमाथि थप जोखिम, कानुन सुधार्न सरकारलाई आग्रह
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्