बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार खेलकुद क्रिकेट

एनपीएलको सातौँ दिन आज खेल नहुने, भोली दुई खेल हुने

भोली जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्स तथा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।
· आइतबार, ७ मंसिर, २०८२ मा प्रकाशित
एनपीएलको सातौँ दिन आज खेल नहुने, भोली दुई खेल हुने
काठमाडौं, मंसिर ७ :

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको आज सातौँ दिन आइतबार खेल राखिएको छैन ।

नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेल तालिकामा आज विश्राम दिन राखिएको थियो ।

भोलि सोमबार भने त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

हालसम्मको अङ्क तालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अङ्क जोड्दै तेस्रो स्थानमा छ । दुईवटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ ।

मङ्सिर १ गतेदेखि सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

मङ्सिर २७ गते फाइनल हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार