बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन #राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्य रूपमा मनाउन आह्वान

· आइतबार, ७ मंसिर, २०८२ मा प्रकाशित
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्य रूपमा मनाउन आह्वान
काठमाडौं, मंसिर ७ :

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाउँदै सबै निकायलाई लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्यताका साथ मनाउन आह्वान गरेको छ ।

मन्त्रालयले सम्बद्ध सबै निकायमा परिपत्र गर्दै हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियानलाई विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको हो ।

मन्त्रालयअन्तर्गत लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख महिला विकास अधिकृत ममता विष्टका अनुसार उक्त अभियान देशभर तीनै तहका सरकार, विद्यालय, सङ्घसंस्था र सरोकारवाला निकायहरूको सहभागितामा मनाउन आह्वान गरिएको हो ।

अभियानअन्तर्गत यस वर्षको अन्तरराष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भनेर तय गरिएको छ ।

अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार