बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन #राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन
समाचार

मुख्यसचिव एकनारायणअर्याल आजदेखि अवकाशमा

· मंगलबार, ९ मंसिर, २०८२ मा प्रकाशित
मुख्यसचिव एकनारायणअर्याल आजदेखि अवकाशमा
काठमाडौं, मंसिर ९ :

मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो ।

विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा उनी नियुक्त भएका थिए । मुख्यसचिवका रूपमा उनले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरे ।

उनको कार्यकालमा नीतिगत एवं कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्न गई सहजीकरण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग भएको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको मुख्यसचिव अर्यालले स्पष्ट पारे । यस्तै, अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ ।

एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्याङ्कको प्रयोगलाई उनको कार्यकालमा विशेष प्राथमिकतामा राखिएको थियो । त्यस्तै, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधारात्मक क्रियाकलापको कार्ययोजना निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गरिएको छ । योसँगै सरकारले पहिलो पटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ ।

सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोग, अन्तरआवद्धता र रुपान्तरणमा जोड दिइएको छ । उनको कार्यकालमा सबै सेवाको सुरु बिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउने गरी राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा सेवाको प्राप्ति र उपयोग गर्न सक्नेगरी प्रणालीमा सुधारको काम भएको छ ।

उनको कार्यकालमा अन्तरराष्ट्रिय सहभागिता सहितको सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा विशेष जोड दिइएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार