रसुवाको चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ ।
तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।
विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो । कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको हो । तातोपानी नुहाउनका लागि दैनिक रूपमा सरदर १०–१५ जना आउने स्थानीयवासी सिङ्गी तामाङले जानकारी दिए । उनका अनुसार तातोपानी धारामा स्नान गरेपछि शरीरका रोग निको हुन्छ ।
करिब दुई दशक अगाडि ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमले सो स्थानमा ढुङ्गेधारा तथा पोखरी निर्माणमा सहयोग गरेको थियो । नुवाकोट मेघाङ गाउँपालिका–२ बुङ्ताङ निवासी ६४ वर्षीया लालीमाया तामाङका अनुसार तातोपानी नुहाउँदा आफ्नो शरीरका विविध रोग निको भएको दाबीसमेत गरे ।
विदुर नगरपालिका बट्टार निवासी रामप्रसाद पौडेल र देवकी पौडेलसमेतले शारीरिक रोग निधानका लागि तातोपानी अत्यन्तै उपयोगी भएको बताए । अन्यत्र जिल्लाबाट समेत सो स्थानमा स्नान गर्न भक्तजन आकर्षित भइराखेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण