शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

आइपीयु बैठक जलवायु परिवर्तनले पारेको असरबारे संसारलाई सुनाउने मौका : सभामुख अर्याल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
आइपीयु बैठक जलवायु परिवर्तनले पारेको असरबारे संसारलाई सुनाउने मौका : सभामुख अर्याल
काठमाडौं, असोज १६ :

सभामुख डोलप्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने बताए ।

शुक्रबार सिंहदरबारमा पत्रकारहरुसंगको छलफलमा तान्जानियामा हुने आइपीयुको बैठकमा सहभागी हुन आफु आइतबार त्यसतर्फ जान लागेको जानकारी दिँदै सभामुख अर्यालले हालै नेपालमा भएको बाढीपहिरो र जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय स्तरमा संसारलाई सुनाउने महत्वपूर्ण मौका हुने बताएका हुन् । 

कार्बन उत्सर्जनमा नेपालको नगन्य भूमिका भए पनि व्यहोर्नुपरेको क्षतिबारे विश्वका सभामुख तथा सांसदहरूसामु यो बहस उठाउने अवसर प्राप्त भएको उनले बताए। उनले आइपीयुको बैठकमा नेपालको तर्फबाट ‘इमेरजेन्सी एजेन्डा’ प्रस्तुत गर्ने नयाँ अभ्यास र तयारी भइरहेको भन्दै उक्त एजेन्डा पास गराएर बहसमा ल्याउन परराष्ट्र मन्त्रालय र प्रतिनिधिमण्डल प्रयासरत रहेको धारणा राखे ।

त्यस्तै उनले संसद् कमजोर नभएको र यसको आफ्नै मर्यादा तथा गति रहेको उल्लेख गरे । देशका करिब ३ करोड नेपालीका लागि काम गर्न खटिएकाले व्यक्तिगत थकानको कुनै अर्थ नरहने र आफ्नो कर्तव्य निरन्तर पूरा गर्ने उनले बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार