बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन #राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन
समाचार अर्थतन्त्र

सुनचाँदीको मूल्य निरन्तर बढ्दो

तोलाको दुई लाख ४७ हजार कायम
· मंगलबार, ९ मंसिर, २०८२ मा प्रकाशित
सुनचाँदीको मूल्य निरन्तर बढ्दो
काठमाडौं, मंसिर ९ :

अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार  २०० कायम भएको छ ।

हिजो  सुनको मूल्य प्रति तोला रु दुई लाख ४२ हजार ७०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ११५ मा कारोबार भएको थियो । एक दिनपछि सुनमा रु पाँच हजार २०० र चाँदीमा रु ८५ को वृद्धि भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १४१ र त्यति नै चाँदै ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार