शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका #राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका
खेलकुद क्रिकेट

आइसिसी टी-२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

नेपालको पहिलो खेल इङ्ग्ल्यान्डसँग हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० मंसिर, २०८२ मा प्रकाशित
आइसिसी टी-२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक
काठमाडौं, मंसिर १० :

सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।

भारत र श्रीलङ्कामा हुने आइसिसी टी-२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ । सार्वजनिक तालिकाअनुसार नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालका सबै खेल भारतको मुम्बईमा राखिएका छन् । नेपालको समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बङ्गलादेश र इटाली छन् । वेस्ट इन्डिज र इङ्ल्यान्ड दुवै दुईदुई पटकका विश्वविजेतासमेत हुन् ।

नेपालको पहिलो खेल आगमी फेब्रुअरी ८ तारिखमा मुम्बईस्थित वान्खडे रङ्गशालामा इङ्ग्ल्यान्डसँग हुनेछ । यस्तै नेपालको दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो फेब्रुअरी १५ मा वेस्ट इन्डिज र चौथो फेब्रुअरी १७ मा बङ्गलादेशसँग हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केही साताअघि आइसिसी अध्यक्ष जय शाहलाई भारतको नयाँदिल्लीमा भेटेर नेपालका खेलहरू भारतमा राखिदिन आग्रहसमेत गर्नुभएको थियो । उक्त आग्रहलाई स्वीकार गर्दै नेपालका सबै खेल भारतमा राखिएका अध्यक्ष चन्दले बताए । योसँगै नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुँदैछ । यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार