
सौर्य विकिरणले विमानभित्रका फ्लाइट कन्ट्रोल कम्प्युटरमा अवरोध पुर्याउन सक्ने देखिएपछि हजारौँ एयरबस विमानहरू ग्राउण्डेड भएका छन् । जसका कारण विश्वभर उडानमा ढिलाइ भइरहेको छ।
करिब ६ हजार A ३२० विमानहरू प्रभावित भएको अनुमान गरिएको छ जुन यूरोपेली कम्पनीको विश्वव्यापी फ्लीटको करिब आधा हिस्सा हो। तर ती मध्ये धेरै विमानहरूलाई छिटो सफ्टवेयर अपडेट गरेपछि पुनः उडानमा फर्काउन सकिनेछ।
बेलायतको विमान नियामक निकायले केही उडान अवरोध तथा रद्द हुने चेतावनी दिएको छ। यद्यपि विमानस्थलहरूमा यसको प्रभाव हालका दिनमा अत्यधिक देखिएको छैन।
एयरबसले यो समस्या एक अनुसन्धानपछि पत्ता लगाएको बताएको छ । अक्टोबरमा अमेरिकाबाट मेक्सिकोतर्फ उडिरहेको विमान अचानक उचाइबाट घटेपछि गरिएको अनुसन्धानले यस्तो जोखिम देखाएको हो।
जेटब्लु एयरलाइन्सको उक्त उडानमा कम्तीमा १५ जना घाइते भएपछि फ्लोरिडामा आपतकालीन अवतरण गरिएको थियो।
सबैभन्दा धेरै बिक्री हुने मोडेल A ३२० सहित A३१८, A३१९ र A३२१ मोडेलहरू पनि यस जोखिमबाट प्रभावित भएको जनाइएको छ।
करिब ५ हजार १ सय एयरबस विमानमा समस्या सामान्य सफ्टवेयर अपडेटले समाधान गर्न सकिने अनुमान छ, जुन सामान्यतः गर्न ३ घण्टा जति लाग्ने बताइन्छ।
तर बाँकी ९०० विमान भने पुराना मोडेल भएकाले तिनमा अ̂नबोर्ड कम्प्युटर नै फेर्नुपर्नेछ। र आवश्यक परिवर्तन पूरा नभएसम्म यस्ता विमानमा यात्रु राखेर उडाउन पाइनेछैन।
कित्ता कम्प्युटर उपलब्धतामा निर्भर हुने भएकाले पुराना विमान चलायमान बनाउन लाग्ने समय फरक–फरक हुनसक्छ। एयरबसले यसले यात्रु र ग्राहकहरूमा सञ्चालनगत असुविधा ल्याउने स्वीकार गर्दै क्षमायाचना समेत गरेको छ।
एभिएसन विश्लेषक साली गेथिनले यो परिस्थिति खासै सामान्य होइन भन्दै यात्रुहरूलाई पर्ने असुविधा एयरलाइन्सले अपनाउने अपडेट रणनीति अनुसार फरक–फरक हुने बताइन्।
"मलाई थाहा अनुसार ले आफ्नो विमानलाई सेवा बाहिर राखेर अपडेट गर्ने योजना बनाएको छ, तर अन्य एयरलाइन्स भने यसले धेरै असर नपर्ने बताइरहेका छन्, उनले भनिन्।
बेलायतमा विमानस्थलहरूमा हालसम्मको अवरोध धेरै देखिएको छैन। लन्डनको गेटविक विमानस्थलले केही अवरोध भएको बताएको छभने हिथ्रोलले कुनै उडान रद्द भएको अनुभव नगरेको जानकारी दिएको छ।
एयरलाइन्स अनुसार प्रभावको स्तर पनि फरक देखिएको छ। ब्रिटिस एयरवेजमा प्रभाव ठूलो नरहेको बुझिएको छ, जबकि विज एयर र एयर इन्डियाले आवश्यक अपडेट सुरु गरिसकेको बताएको छ ।
इजि जेटले केही अवरोध हुने सम्भावना भएको बताएको थियो, तर पछि उसले धेरै विमानमा अपडेट भइसकेको र शनिबारदेखि नियमित सेवा सञ्चालन गर्ने लक्ष्य राखेको जानकारी गराएको छ।
अमेरिकामा यो सफ्टवेयर समस्या थ्याङकस गिभिङको सप्ताहन्तमै देखा पर्यो जो वर्षकै सबैभन्दा व्यस्त यात्रामध्ये एक हो।
अमेरिकनएयरलाइन्सका ३४० विमान प्रभावित भएको र केही सञ्चालन ढिलाइ हुने बताइएको छ। यद्यपि अधिकांश अपडेटहरू शुक्रबार वा शनिबारभित्रै पूरा हुने अपेक्षा गरिएको छ। डेल्टा एयरलाइान्सले यसको प्रभाव सीमित रहने बताएको छ।
अष्ट्रेलियामा जेटस्टारलेले फ्लीटको करिब एक तिहाइमा असर परेको पुष्टि गर्दै ९० उडान रद्द गरेक छ।
बेलायतको सिभिल एभियसन अथोरिटीका नीतिनिर्देशक टिम जोनसनले एयरबसबाट आएको सूचना दुर्भाग्यवश आगामी केही दिन उडान अवरोध,ढिलाइ वा रद्द हुन सक्ने बताए ।
उनले थपे कि एयरलाइन्सले अपनाउने कडा मर्मत तथा सुरक्षात्मक प्रणालीका कारण विमान सेवा अझै पनि संसारकै सुरक्षित यातायात माध्यमहरू मध्ये एक हो र यति धेरै विमान एकैपटक ग्राउन्ड हुनु अत्यन्तै दुर्लभ घटना भएको टिप्पणी गरे।