काठमाडौं, मंसिर १३ :
त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनीले टस जितेर बलिङ थालेको छ भने पोखरा ब्याटिङ गर्दैछ ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भूर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलमध्ये एक खेल मात्र जितेको छ ।
लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ ।
आज अपराह्न ४ बजे हुने अर्को खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण