सिन्धुली, मंसिर १४ :
मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि फरार भएका बसका चालक उदयपुरको कटारी नगरपालिका–३ का श्यामकुमार भट्टराईको खोजी जारी छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण