शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन दर्ता

· आइतबार, १४ मंसिर, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन दर्ता
काठमाडौं, मंसिर १४ :

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० दलले निवेदन दिएका छन् ।

यही मङ्सिर १ देखि १० गतेसम्म निवेदनको समय दिइएकामा पछि चार दिन समय थप गरिएको थियो । उक्त समय अर्थात् आजसम्म एकल निर्वाचन चिह्नको प्रयोग गर्नेसमेत गरी १२० राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्राप्त निवेदनलाई जाँचबुझ गरी यही मङ्सिर २० गतेभित्र आयोगबाट स्वीकृति दिइने कार्यतालिका रहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार