शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ मंसिर, २०८२ मा प्रकाशित
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
काठमाडौं, मंसिर १५ :

दक्षिण अफ्रिकाका पूर्वकप्तान  तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न सोमबार नेपाल आइपुगेका छन् ।

प्लेसिसलाई विराटनगर किङ्ग्सले अनुबन्ध गरेपछि एनपीएल खेल्न काठमाडौँ  आइपुगेका हुन् । कतार एयरवेजमार्फत अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्लेसिसले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सबाट खेल्ने छन् । पाँच खेलमा चार जित निकालेर तेस्रो स्थानमा रहेको विराटनगर ‘प्लेअफ’ नजिक पुगेको छ ।

विराटनगरको अर्काे खेल बुधबार लुम्बिनीसँग छ । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार