
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने भएका छन्।
मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार तीन बजे प्राप्त भएकाले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी दिएका छन् । परमादेशको प्रति प्राप्त भएपछि आफूले विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेशसभामा पत्र पठाएको उनले बताए ।
त्यस्तै सर्वोच्च अदालतले गरेको आदेशको पूर्णपालना गर्न तयार रहेको जिकिर गरे । मुख्यमन्त्री यादवले विश्वासको मत लिने क्रममा सवै दलले सहयोग गर्ने दावी गर्दै विश्वासको मत प्राप्त गर्ने सम्भावना बलियो रहेको धारणा राखे ।
उनले विभिन्न दलसँग छलफल गरेको र सहयोग गर्ने जानकारी प्राप्त भएको बताए । विगतमा एमालेले अन्य दललाई सहयोग गरेकाले यस पटक अन्य दलले एमालेलाई समर्थन गर्ने उनको विश्वास छ ।