शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति

एमालेको आग्रहपछि नागढुंगा-मलेखु सडक विस्तार कार्य दुई दिन रोकियो

महाधिवेशनमा आउने प्रतिनिधिलाई सहज हुने भो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ मंसिर, २०८२ मा प्रकाशित
एमालेको आग्रहपछि नागढुंगा-मलेखु सडक विस्तार कार्य दुई दिन रोकियो
काठमाडौं, मंसिर २४ :

नेकपा एमालेको आग्रहलाई ध्यानमा राख्दै  सरकारले नागढुंगा-मलेखु सडकखण्ड विस्तार कार्य २ दिन रोक्ने भएको छ ।

एमालेको ११ औं महाधिवेशनलाई लक्षित गर्दै सडकखण्ड विस्तार कार्य मंसिर २६ र २७ गते रोक्ने निर्णय भएको यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षीतिज थेबेसहित टोलीले मन्त्री घिसिङलाई भेटेर सडक विस्तार कार्य केही दिन रोक्न आग्रह गरेका थिए । एमाले नेता महेश बस्नेतले त कुलमानले महाधिवेशनलाई प्रभावित पार्न सडक बन्द गराए भनेर सामाजिक सञ्जालमार्फत आरोप नै लगाएका थिए ।

सडक विभागले उक्त सडक खण्ड आजबाट एक साताका लागि आंशिक बन्द गरी विस्तार विस्तार कार्यलाई तीव्रता दिएको छ । नागढुंगादेखि पिप्लामोडसम्म र पोखरे भिर क्षेत्रमा बिहान १०:३० देखि अपराह्न ३:३० सम्म सडक बन्द गरी बुधबारदेखि काम थालेको हो । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौैंमा एमालेको महाधिवेशन हुँदैछ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार