आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार राजनीति

हुम्लाका २५ मतदानस्थल अति संवेदनशील

· बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
हुम्लाका २५ मतदानस्थल अति संवेदनशील
हुम्ला, मंसिर २५ :

 यहाँका २७ मतदानस्थललाई भौगोलिक विकटता र राजनीतिक विवादका कारण अति संवेदनशील ठहर गरिएको छ । जिल्लामा ६० मतदानस्थल र ६१ मतदानकेन्द्र कायम गरिएको छ । 

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा यस पटक थपिएका गरी जम्मा ६० मतदानस्थलमध्ये २७ वटा भौगोलिक विकटता र राजनीतिक विवाद हुने ठहर गर्दै अति संवेदनशील मतदानस्थलका रुपमा ठहर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताए । 

समितिको निर्णयअनुसार २१ वटा संवेदनशील र १० सामान्य छन् । जिल्ला सुरक्षा समितिको बैठकले निर्धारण गरेअनुसार अदानचुली गाउँपालिकामा छ मतदानस्थल रहेकामा एक मतदान केन्द्र अतिसंवेदनशील छ भने पाँच वटा संवेदनशील छन् । 

आठ मतदानस्थल रहेको चंखेली गाउँपालिकामा पाँच अति संवेदनशील र तीन संवेदनशील छन् । सात मतदानस्थल रहेको ताँजाकोट गाउँपालिकामा पाँच वटा अतिसंवेदनशील र दुई मतदानस्थल संवेदनशील छन् ।

यसैगरी १२ मतदानस्थल रहेको सर्केगार्ड गाउँपालिकामा पाँच अति संवेदनशील, चार संवेदनशील र तीन सामान्य छन् । पाँच मतदानस्थल रहेको खार्पुनाथ गाउँपालिकामा दुई अतिसंवेदनशील, दुई संवेदनशील र एउटा सामान्य छ । यस्तै एघार मतदानस्थल रहेको नाम्खा गाउँपालिकामा पाँच अतिसंवेदनशील, चार संवेदनशील र दुई सामान्य अवस्थाका मतदानस्थल निर्धारण गरिएको छ । 
   
सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकामा नौ मतदानस्थल रहेकामा चार अतिसंवेदनशील, दुई संवेदनशील र तीन सामान्य छन् । मुख्यगरी भौगोलिक विकटता र राजनीतिक विवादलाई आधार मानेर मतदानस्थलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए । 
   
यसरी निर्धारण गरिएका मतदानस्थलअनुसार सुरक्षा व्यवस्थासमेत निर्वाचनका बेला गरिनेछ । नाम्खा र चङ्खेली गाउँपालिकामा नयाँ मतदानस्थल थपिएका हुन् । मङ्सिर ५ गते तोकिएको अवधिमा हुम्लाको मतदाता सङ्ख्या ३४ हजार ५०२ छ । यसअघि २०७९ सालको निर्वाचनमा ५८ मतदानस्थल कायम गरिएका थिए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार