सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल #प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल
समाचार खेलकुद क्रिकेट

अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

· शुक्रबार, २६ मंसिर, २०८२ मा प्रकाशित
अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
काठमाडौं, मंसिर २६ :

यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।  सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।

लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको यी दुवबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो ।

एपिएलको विजेताले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले रु ५१ लाख, तेस्रो टोलीले रु २५ लाख र चौथो रु १५ लाख प्राप्त गर्नेछ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार