काठमाडौं, मंसिर २९ :

नेपालमा अब एक सय रुपैयाँ भन्दा ठुला भारतीय नोट पनि चल्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक सयभन्दा ठुला भारतीय नोटलाई नेपालमा चलनचल्तिमा ल्याउने निर्णय गरेको हो।

भारत सरकारले दुई साता अघि नै नेपाल र भुटानमा सयभन्दा ठुला दरका नोट प्रतिव्यक्ति २५ हजारसम्म ल्याउन अनुमति दिएको थियो। सोही निर्णयको आधारमा नेपाल सरकारले पनि ती नोट नेपालमा वैध रूपमा चल्ने व्यवस्था गरेको हो।

यस्तै सोमबार बनेको मन्त्रिपरिषद्को बैठकले सन २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैया २ सय र ५ सय नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति २५ हजार रुपैया सीमासम्म भारतबाट नेपाल ल्याउन र नेपालबाट भारत लैजानसक्ने व्यवस्था गरेको सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री जगदीश खरेलले बताए ।