आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार अर्थतन्त्र कर्पोरेट

नेपालमा अब १०० भन्दा ठुला दरका भारु नोट चल्ने

सन २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका मात्रै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ मंसिर, २०८२ मा प्रकाशित
नेपालमा अब १०० भन्दा ठुला दरका भारु नोट चल्ने
काठमाडौं, मंसिर २९ :

नेपालमा अब एक सय रुपैयाँ भन्दा ठुला भारतीय नोट पनि चल्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक सयभन्दा ठुला भारतीय नोटलाई नेपालमा चलनचल्तिमा ल्याउने निर्णय गरेको हो।

भारत सरकारले दुई साता अघि नै नेपाल र भुटानमा सयभन्दा ठुला दरका नोट प्रतिव्यक्ति २५ हजारसम्म ल्याउन अनुमति दिएको थियो। सोही निर्णयको आधारमा नेपाल सरकारले पनि ती नोट नेपालमा वैध रूपमा चल्ने व्यवस्था गरेको हो।

यस्तै सोमबार बनेको मन्त्रिपरिषद्को बैठकले सन २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैया २ सय र ५ सय नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति २५ हजार रुपैया सीमासम्म भारतबाट नेपाल ल्याउन र नेपालबाट भारत लैजानसक्ने व्यवस्था गरेको सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री जगदीश खरेलले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार