सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि #बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि
राजनीति प्रदेश कोसी प्रदेश

निर्वाचन नभए झन् ठुलो संवैधानिक संकट आउँछ : शेखर कोइराला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २ पुस, २०८२ मा प्रकाशित
निर्वाचन नभए झन् ठुलो संवैधानिक संकट आउँछ : शेखर कोइराला
फाइल तस्बिर ।
विराटनगर, पुस २ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् ।

बुधबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले सरकार बने देखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताए ।

उनले आफूहरुले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भएपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरे । तोकिएको समयमा निर्वाचन नभए संसद पुनस्र्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ । नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे ।

फरक प्रसंगमा नेता कोइरालाले नेपाली कांग्रेसको विधान अनुसार शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने जानकारी दिए । उनले तोकिएको समयमा नै कांग्रेसको महाधिवशेन हुनुपर्ने धारणा राखे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार