शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति

मेट्रिक घर नम्बर प्रणालीमार्फत नगरलाई प्रविधिमैत्री बनाउँछौं : नगरप्रमुख कार्की

डिजिटल घर नम्बर प्रणालीतर्फ कागेश्वरी मनोहरा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३ पुस, २०८२ मा प्रकाशित
मेट्रिक घर नम्बर प्रणालीमार्फत नगरलाई प्रविधिमैत्री बनाउँछौं : नगरप्रमुख कार्की
काठमाडौं, पुस ३ :

कागेश्वरी मनोहरा नगरपालिकाले नगरलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित प्राविधिक कर्मचारीहरूलाई मेट्रिक घर नम्बर प्रणालीमा आधारित दिम्याप्स (DMAPS) सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ।

त्यस अवसरमा नगरप्रमुख उपेन्द्र कार्कीले मेट्रिक घर नम्बर प्रणालीलाई वैज्ञानिक, व्यवस्थित तथा डिजिटल माध्यमबाट कार्यान्वयन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए। उनका अनुसार नगर क्षेत्रभित्र रहेका घर तथा भवनहरूको विवरणलाई डिजिटल नक्सासँग आबद्ध गरी व्यवस्थित अभिलेख तयार गर्न DMAPS सफ्टवेयर प्रभावकारी माध्यम हुनेछ।

मेयर कार्कीले DMAPS मार्फत मेट्रिक घर नम्बर निर्धारण, भू–सूचना प्रणाली (GIS) मा आधारित विवरण प्रविष्टि, नक्सांकन तथा अभिलेख व्यवस्थापनलाई सहज र प्रभावकारी बनाइने स्पष्ट पारे। यसले नगरपालिकाको सेवा प्रवाहलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उनको भनाइ छ।

तालिमका क्रममा सहभागी प्राविधिक कर्मचारीहरूलाई सफ्टवेयर प्रयोग विधि, घर नम्बर प्रविष्टि प्रक्रिया, तथ्यांक अद्यावधिक गर्ने तरिका, नक्सासँग विवरण जोड्ने अभ्यास तथा प्रतिवेदन तयार गर्ने विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयनसँगै कर संकलन, आपतकालीन सेवा प्रवाह, शहरी योजना तथा तथ्यांक व्यवस्थापनमा सुधार आउने नगरपालिकाले विश्वास व्यक्त गरेको छ। तालिममा नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार