काठमाडौं, पुस ४ :

गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् । रास्वपाले सार्वजनिक गरेको उम्मेदवारको सर्टलिष्टमा खोटाङबाट राईको मात्रै नाम समावेश छ । 

खोटाङबाट उनको नाम आदिवासी जनजाति सूचीमा सिफारिस भएको हो । हाल अमेरिकामा रहेकी राईले आफू रास्वपाको सामानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा परेको जानकारी दिइन् ।

उनी तिमीलाई हङकङ पुर्‍यायो आइडी काडैले लगायत दर्जन बढी चर्चित गीतका गायिका हुन् । रास्वपाले प्रारम्भिक सूचीमा रहेका उम्मेदवारहरूसँग पुस ५ गते छलफल गर्ने भएको छ ।