शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

आयोगले भन्यो: समानुपातिक कार्यक्रम संशोधन हुँदैन

बन्दसूची यही पुस १३ र १४ गते बुझाउनुपर्ने छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ११ पुस, २०८२ मा प्रकाशित
आयोगले भन्यो: समानुपातिक कार्यक्रम संशोधन हुँदैन
काठमाडौं, पुस ११ :

निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचन कार्यक्रम संशोधन गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

समानुपातिक निर्वाचन तालिका हेरफेरबारे उठेको प्रश्नमा उनले कार्यक्रम परिवर्तन नहुने स्पष्ट गरे । ‘यो कार्यक्रम संशोधन र परिवर्तन गर्ने पक्षमा आयोग छैन,’ भण्डारीले भने ।

उनले निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहसको औचित्य नरहेको पनि बताए । ‘अब निर्वाचन हुँदैन कि भन्ने शब्द हाम्रो शब्दकोशमा छैन,’ उनले भने ।

यसपटक निर्वाचन आचारसंहितामा अघिल्लोपटकभन्दा कडाइ गरिने पनि उनले जानकारी दिए । यद्यपि, कतिपय दलले समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय थप गर्न माग गरेका छन् । आयोगको कार्यतालिकाअनुसार समानुपातिकतर्फको बन्दसूची यही पुस १३ र १४ गते बुझाउनुपर्ने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार