
फाइल तस्बिर ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगमा आफ्नो भनाइ राख्न सहमत देखिएका छन्।
स्रोतका अनुसार ओली आयोगको सचिवालयमा उपस्थित भएर बयान दिन भने तयार छैनन्। तर कुनै न कुनै माध्यमबाट आयोगसमक्ष आफ्नो भनाइ राख्न उनले सहमति जनाएका हुन्।
यसअघि आयोग अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै ओलीले बयान नदिने अडान लिएका थिए। तर सर्वोच्च अदालतले कार्कीविरुद्धको रिट खारेज गरेपछि वातावरण बद्लिएको स्रोतले जनाएको छ।
ओली निवास गुन्डु वा अन्य तेस्रो स्थानमा आयोगका प्रतिनिधिले पुगेर भनाइ लिने, वा लिखित प्रश्न पठाएर लिखित जवाफ लिने विकल्पमा छलफल भइरहेको छ।
स्रोतका अनुसार ओलीसँग सोध्न ६० भन्दा बढी प्रश्न तयार भइसकेका छन्।
यसैबीच पूर्वगृहमन्त्री रमेश लेखक भोलि सोमबार आयोग समक्ष बयान दिन जाँदैछन् ।स्रोतका अनुसार दुवैको बयानपछि उनीहरुमाथी लगाइएको स्थानहद फुकुवा गर्ने सरकारको तयारी छ। जाँचबुझ आयोगले यसअघि सम्बद्ध सवै पक्षसँग बयान लिइसकेको छ ।