सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति#रवि लामिछाने#म पनि कांग्रेस हुन्थेँ#बीपी र गणेशमान#बदलिएको कांग्रेस #सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति#रवि लामिछाने#म पनि कांग्रेस हुन्थेँ#बीपी र गणेशमान#बदलिएको कांग्रेस
समाचार राजनीति

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल

· सोमबार, १४ पुस, २०८२ मा प्रकाशित
वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल
काठमाडौं, पुस १४ :

नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर सुधार अनिवार्य भएको बताएका छन् ।

वानेश्वर बहुमुखी क्याम्पसमा आज आयोजित कार्यक्रमलाई  सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले त्यस क्षेत्रको सुधार अपरिहार्य भएको बताए ।

शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भन्ने आफ्नो चाहना रहेको र त्यसका लागि सामुदायिक शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धिमा आफ्नो साथ रहने संयोजक प्रचण्डले स्पष्ट पारे । उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको उल्लेख गरे । सङ्कटमा परेको राष्ट्रलाई सबै मिलेर निकास दिनुपर्ने भन्दै राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको उनको भनाइ थियो ।

संयोजक प्रचण्डले हालै देखिएको ‘जेनजी पुस्ताको आन्दोलन’ले युवापुस्ताको सक्रिय सहभागिताले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको स्पष्ट भएको बताए। “नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम थियो, तर जेनजी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ । नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको छ”,  उनले भने ।

संयोजक प्रचण्डले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता रहेको धारणा राखे । युवालाई आग्रह गर्दै उनले भने “अब शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिऔँ ।”
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार