
काठमाडौं, पुस १४ :
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलन दमनका विषयमा बयान दिएका छन्।
उनले सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा गएर बयान दिएका हुन् ।आन्दोलनलाई दबाउन कुनै किसिमको लिखित र मौखिक आदेश नदिएको भन्दै उनले बयानका साथै ६ पृष्ट लामो लिखित जवाफ समेत बुझाएका छन् ।
उनले आन्दोलनको अघिल्लो दिन सुरक्षा समितिको बैठक बसेको र त्यस बैठकमा प्रदर्शनमा बल प्रयोग नगर्न निर्देशन दिएको समेत दाबी गरे। जेनजीहरुको नेतृत्व विहीन प्रदर्शनमा घुसपैठ हुन सक्ने भन्दै सतर्कता अपनाउन आफूले सुरक्षा समितिको बैठकमा भनेको बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।
उनले आन्दोलनमा घुसपेठ भएको जनाउँदै आगजनी र तोडफोड जेनजी समूहबाट हुनै नसक्ने पनि बताए ।