आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

भदौ २३ गतेको घटनाकै कारण २४ गतेको अवस्था आयो : रक्षा बम

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १६ पुस, २०८२ मा प्रकाशित
भदौ २३ गतेको घटनाकै कारण २४ गतेको अवस्था आयो : रक्षा बम
काठमाडौं, पुस १६ :

जेनजी अभियन्ता रक्षा बमले भदौ २३ गतेको घटनाकै कारण २४ गतेको अवस्था आएको बताएकी छिन् । 

उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आयोजना गरेको बृहत् भेलालाई सम्बोधन गर्दै उनले जेनजीहरुले नचाहँदा नचाहँदै ठुलो जनधनको क्षति भएको बताएकी हुन् । उनले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा ठुलो क्षति भएको उल्लेख गर्दै त्यो अवस्था कसैले पनि नचाहेको बताइन् ।

उनले देशमा अझै भ्रष्टाचार कायम रहनु गम्भीर विषय भएको बताइन् ।  निजी क्षेत्र, सरकार र नागरिकबीचको साझा धरातल शान्ति, समृद्धि र सुशासन भएको उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार