काठमाडौं, पुस १६ :

जेनजी अभियन्ता रक्षा बमले भदौ २३ गतेको घटनाकै कारण २४ गतेको अवस्था आएको बताएकी छिन् । 

उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आयोजना गरेको बृहत् भेलालाई सम्बोधन गर्दै उनले जेनजीहरुले नचाहँदा नचाहँदै ठुलो जनधनको क्षति भएको बताएकी हुन् । उनले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा ठुलो क्षति भएको उल्लेख गर्दै त्यो अवस्था कसैले पनि नचाहेको बताइन् ।

उनले देशमा अझै भ्रष्टाचार कायम रहनु गम्भीर विषय भएको बताइन् ।  निजी क्षेत्र, सरकार र नागरिकबीचको साझा धरातल शान्ति, समृद्धि र सुशासन भएको उनको भनाइ थियो ।