बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

जेनजी आन्दोलनमा पक्राउ गरेका युवाहरुलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० पुस, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा पक्राउ गरेका युवाहरुलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी
काठमाडौं, पुस २० :

केही जेनजी युवाहरुले जेनजी आन्दोलनमा भएका घटनालाई लिएर पक्राउ गरेका युवाहरुलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले जेनजी आन्दोलनमा भएका घटनालाई लिएर हजारभन्दा बढी युवाहरुलाई गिरफ्तार गरिएको भन्दै उनीहरुलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । देशको परिवर्तनका लागि लडेका युवाहरु अहिले जेलमा बस्न बाध्य भएको र देशलाई बर्बाद पार्नेहरु खुलेहाम हिडिरहेको उनीहरुले बताएका छन् ।

पत्रकार सम्मेलनमा जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले जेनजी आन्दोलनले बलिदान गरेपनि वर्तमान सरकार जेनजीको हुन नसकेको बताए । सडकमा आएर परिवर्तनका लागि लडेका हजारौ युवाहरुलाई वर्तमान सरकारले थुन्ने काम गरेको भन्दै उनले आपत्ति जनाए।

उनले वर्तमान सरकार जेनजीको भावनाविपरीत अघि बढेको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरे। जेनजीको भावना अनुसार नयाँ सरकार गठन गर्नका लागि दवाव दिन केहिदिनमा आन्दोलन गर्ने भन्दै उनले निष्कर्ष ननिस्केसम्म पछि नहट्ने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार