शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
राजनीति प्रदेश मधेस प्रदेश

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आह्वान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० पुस, २०८२ मा प्रकाशित
सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आह्वान
पर्सा, पुस २० :

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ ।

आज वीरगञ्जमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्नका लागि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सार्वजनिक अपिल गरेका हुन् । उनले सामाजिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि खालको गतिविधि नगर्न आह्वान गरे ।

‘एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सृजना गरी राष्ट्रिय एकतामा आँच पुर्‍याउने वा झुठा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरुको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतको सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको छ’, उनले भने, ‘यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन पनि अनुरोध गरिन्छ ।’ 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार