सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति #नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति
राजनीति

कांग्रेस र एमालेसंग तालमेल नभएपछि नेकपाले राष्ट्रियसभाको उम्मेदवार तयार गर्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ पुस, २०८२ मा प्रकाशित
कांग्रेस र एमालेसंग तालमेल नभएपछि नेकपाले राष्ट्रियसभाको उम्मेदवार तयार गर्यो
काठमाडौं, पुस २३ :

कांग्रेस र एमालेसंग तालमेल हुन नसकेपछि  नेपाली कम्युनिस्ट पार्टी नेकपाले छुट्टै उम्मेदवार तयार गरेको छ ।  

काँग्रेस एमालेसंग कम्तीमा चार सिट दाबी गरेपनि  नपाएपछि नेकपाले सातै प्रदेशमा उम्मेदवारी दिन लागेको हो ।

कोशी प्रदेशमा दलिततर्फ खेमराज सुन्दास, महिलातर्फ नमिता न्यौपाने र अन्यतर्फ दामोदर घिमिरे छानिएका छन् ।

यसैगरी लुम्बिनीमा अन्यतर्फ बृहस्पति अधिकारी, अपांगतातर्फ सर्जन विक र महिलातर्फ दुर्गा भण्डारी, कर्णालीमा अन्यतर्फ बुद्धि प्रसाद शर्मा  र महिलातर्फ अञ्जु महतराको नाम टुंगो लागेको छ ।  

सुदूरपश्चिममा अन्ततर्फ टिकाराम जैशी र महिलातर्फ रोजी बस्नेत सुनारको नाम टुंगो लागेको छ ।

बागमतीमा अन्यतर्फ प्रेम सापकोटा,सरोज कुमारी झा (महिला) र मधेसमा दलित कोटाबाट शम्भु पासवान,अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल  र मधेसी कोटाबाट समी कुमारी अग्रवालको नाम टुंगो लगाएको बताईएको छ ।

यस्तै गण्डकीमा अन्यतर्फ कपिल लामाको नाम टुंगिएको छ ।

राष्ट्रियसभाको निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार