सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति #नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति
राजनीति

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

‘जेनजी प्रतिनिधि र प्रधानमन्त्री बीचको सम्झौता नै वर्तमान सरकारको मार्गदर्शन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ पुस, २०८२ मा प्रकाशित
जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन
काठमाडौं, पुस २३ :


गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहिदहरुको सम्झनामा सहिद परिवार, घाइते परिवार लगायतका युवाहरुले दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।

त्यसक्रममा गृहमन्त्री अर्यालले जेनजी युवा पुस्ताहरु मूल प्रवाहमा आउनुपर्ने र यसका लागि सरकारले उचित वातावरण बनाउने बताए ।

जेनजी, सहीद परिवार र प्रधानमन्त्रीबीच भएको सम्झौता नै वर्तमान सरकारको मार्गदर्शन भएको उनको भनाइ छ । त्यस्तै मन्त्री अर्यालले उक्त सम्झौता कार्यान्वयनका लागि ध्यान केन्द्रित गरिएको बताए ।

उनले आफूले गृहमन्त्रीको पदमा रहदा जिम्मेवारीपूर्वक काम गर्ने भन्दै आफ्नो कार्यकाल सकिएपछि सडकमा आएर सुशासनको पक्षमा एक भएर लड्ने धारणा व्यक्त गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार