सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल #प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल
समाचार

आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

· शनिबार, २६ पुस, २०८२ मा प्रकाशित
आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
काठमाडौं, पुस २६ :

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु÷कुहिरो रहनुका साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो  तराई भू भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार